टर्कीमा चम्किए नेपालका पर्यटकीय गन्तव्य, १० हजारले गरे अवलोकन

 माघ २२, २०७५ मंगलबार २०:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (ईएमआइटीटी) को २३औँ सस्ंकरण टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ । 

नेपालले पनि सहभागिता  जनाएको मेला पूर्ण रुपले सफल भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

मेलामा नेपालले टर्कीका दर्शकहरुलाई विभिन्न पर्यटकीय गन्तव्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा र पर्यटकीय उत्पादनहरु प्रदर्शन गरेर बलियो उपस्थिति जनाएको छ । नेपालले र्र्ईएमआईटीटी २०१९ मा सबैभन्दा सहयोगी स्टलको पुरस्कार पनि जितेको छ । 

टर्की बढ्दो आउटबाउन्ड(बाहिर जाने) र राम्रो हवाई सञ्जालका कारण पछिल्ला वर्षहरुमा धेरै एसियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ । नेपाल पनि यीमध्ये एक हो । नेपाल पर्यटन बोर्डले टर्कीको पर्यटन बजारमा नेपाललाई परिचित गर्न उपलब्ध सबै प्रयासहरु गरेको पनि जनाएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राम्रो बजारिकरण रणनीतिको साथ टर्कीको मेलामा नेपालले बलियो सहभागिता जनाएको बताउनुभयो ।

ईएमआईटीटीमा पर्यटन बोर्डले गन्तव्य मार्केटिङ कार्यशालाहरु र बीटूबी सञ्जाल सत्रहरुमा उपस्थिति जनाएको छ । जसले विक्रेताहरुसँग व्यवसाय सम्पर्कहरु स्थापित गर्न प्रभावकारी भूमिका र्निवाह गर्न सहयोग गर्नेछ । 

नेपालको स्टलले ५ सयभन्दा धेरै ट्रेड भिजिटर प्राप्त गरेको र दश हजारभन्दा धेरैले स्टल अवलोकन गरेको बोर्डले जनाएको छ । इस्तानबुल र काठमाण्डौबीचको सिधा हवाई सम्पर्कले टर्कीका पर्यटकको आगमन संख्या निरन्तर बढिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया