सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई नेपालमा हुने खेलकुद प्रतियोगिता खेल्न आउने खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भन्दै पत्र काटेको छ ।
विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने उल्लेख गरेको छ । श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराइ क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना र ती प्रतियोगितामा भाग लिने क्लबहरुको समेत विस्तृत विवरण माग गरेको छ ।
श्रम इजाजत नलिइ विदेशी क्रिकेट खेलाडीलाई सहभागी गराएर विभिन्न लिग खेलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो ।