पाटनमा अजय देशारको एकल चित्रकला प्रदर्शनी

 माघ २३, २०७५ बुधबार ७:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको पाटन संग्राहलयमा ‘अल्युरिङ डिभाइन’ एकल चित्रकला प्रदर्शनी भरहेको छ । पाटन संग्रहालय तथा योङ पिकासोको आयोजनामा प्रदर्शनी भएको हो । 

प्रदर्शनीमा दुई दशकदेखि चित्रकलामा सक्रिय अजय देशारको चित्रकला प्रदर्शनमा राखिएको छ ।  संस्कृतिसँग सम्बन्धित विभिन्न विषय वस्तुलाई चित्रमा उतारेर प्रदर्शनका लागि राखिएको देशारले बताउनुभयो ।  

देशारको यो आठौँ एकल प्रदर्शनी हो । आउँदो ५ गतेसम्म चल्ने  प्रदर्शनीमा २० वटा चित्र राखिएका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया