गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख जरिवाना
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - कंगना रानावत यस्ती अभिनेत्री हुन जो आफ्नो मनमा लागेको कुरा बिना कुनै संकोच मिडियासामु राख्ने गर्छिन । कहिलेकाहीँ कंगनाको यही बानीका कारण उनी विवादमा पर्ने गर्छिन् ।
अहिले फिल्म ‘मणिकर्णिका’ का सह–निर्देशक क्रिश र कंगनाबीच चर्काचर्की चलिरहेको छ । क्रिशले कंगनाले फिल्म ‘मनिकर्णिका’ मा आफूले गरेको कामको क्रेडिट नदिएको र आफ्नो हातबाट बीचमै फिल्म खोसेको आरोप लगाए ।
त्यसपछि फिल्मका अन्य कलाकारले समेत फिल्मबाट आफ्नो भूमिका काटेर छोट्याएको आरोप लगाउँदै क्रिशको समर्थन गरे । कंगना पनि चुप लागिनन् ।
उनले पनि जवाफमा आफूले गलत नगरेको र यदि क्षमता र सीप छ भने निर्देशक क्रिशले तिनै कलाकारहरुका साथ ‘मणिकर्णिका’ भन्दा उत्कृष्ट फिल्म बनाएर देखाउन चुनौती दिइन् ।
फिल्म ‘मणिकर्णिका’ रिलिज भएसँगै कंगना उनका हरेक अन्तरवार्तामा विवादित बयानहरु दिइरहेकी छिन् । हालै उनले अभिनेता आमिर खान र आलिया भट्टलाई पनि आरोप लगाएकी छिन् ।
यतिबेला उनका समकालीन कलाकारहरुले समेत समर्थन नगरिरहेको आरोप कंगनाले लगाएकी छिन् । साथै उनीहरु डबल स्टयाण्डर्ड भएका कलाकार भएको आरोप लगाएकी छिन् । कंगनाले उनीहरुलाई उनको फिल्म फिल्म ‘मणिकर्णिका’ नहेरेका कारण यस्तो आरोप लगाएकी हुन् ।
कंगनाले आलिया भट्टलाई आरोप लगाउँदै भनिन्, ‘आलियाले मलाई उनको फिल्म ‘राजी’ को ट्रेलर पठाउदै हेर्न अनुरोध गरेकी थिइन् । उनले बोलाएपछि म मेरो फिल्मको छायाँकंनको काम रोकेर फिल्म हेर्न गएँ तर जब मेरो पालो आयो उनले त्यसको जवाफ पनि फर्काइनन् ।
अब धेरै भइसक्यो मैले अब यो सब गर्न बन्द गरिसकेँ किनकी मैले उनीहरुको जति पनि प्रशंसा गरे त्यसको बदलामा उनीहरुले मरो प्रशंसा कहिल्यै गरेनन् ।’
कंगना यतिमै चुप लागिनन्, उनले आमिर खानले पनि धोका दिएको भन्दै भनिन्, ‘आमिरले मलाई उनको फिल्म ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ हेर्नका लागि फोन गरिगरी बोलाएका थिए । म फिल्म हेर्न पनि गएकी थिएँ किनकी ती फिल्म महिला सशक्तिकरणमा आधारित थिए ।
तर मलाई लाग्दैन की यी व्यक्ति कहिल्यै मेरो कुनै कामका लागि आउनेछन् । मेरो २/३ वटा फिल्म आउँदैछन् तर मलाई लाग्दैन की यी व्यक्तिहरुले त्यसका बारेमा केही कुरा लेख्नेछन् ।’
साथै कंगनाले अभिनेत्री ट्विकंल खन्नालाई समेत निशाना लगाउँदै भनिन्, ‘आमिर खान र ट्वीकंल खन्ना महिला सशक्तिकरणको विषयमा घण्टौ कुरा गर्छन् । ‘मणिकर्णिका’मा भारतको इतिहासका साथै महिला सशक्तिकरणको कुरा देखाइएको छ । तर उनीहरुले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएनन् । कसैले कुनै पनि किसिमको समर्थन जनाएनन् ।
अभिनेत्री कंगना रानावततले बलिउड उद्योगका अधिकांश व्यक्तिहरु एकजुट भएर आफूलाई बेवास्ता गर्दै पाखा लगाउन खोजेको आरोप लगाएकी छिन् ।
कंगनाको फिल्म ‘मणिकर्णिका’ रिलिज भएसँगै उनको अभिनय तथा क्षमताको प्रशंसा भइरहेको छ । कंगनाले यस फिल्ममा झाँसीकी रानी लक्ष्मी बाईको भूमिका निर्वाह गरेकी छिन् ।