मेलम्चीको ठेक्काकाे विषयमा ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधिसँग सिंगापुरमा वार्ता

 माघ २३, २०७५ बुधबार १६:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने बारेमा मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरुबीच सिंगापुरमा वार्ता भइरहेकाे छ ।  

आयाेजनाकाे मुख्य ठेकेदार कम्पनी इटलीकाे सीएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा दुवै पक्षबीच छलफल भइरहेको हाे । मेलम्चीको काम छिटो भन्दा छिटाे सक्न सकेसम्म सीएमसीबाटै गराउने र नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ । 

आयोजना समाप्त नहुँदै काम छाडेर गएको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गएकाे माघ ६ गते पत्राचार गरेको थियो । आयाेजनाकाे निर्माण कार्यलाई अघि बढाउन निकास निकाल्न सीएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भइरहेको हो । 

यसअघि औपचारिक र अनौपचारिक रुपले सीएमसीका प्रतिनिधिहरुसँग छलफल हुँदै आएकाे छ । यसबारेमा भारतकाे दिल्लीस्थित नेपाली र ईटालीका राजदूतबीच छलफल समेत भएको थियो । 

यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यस्तै  आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा पनि स्पष्ट पार्न पत्रमा उल्लेख गरिएको थियो । 

वार्ताका मध्यमबाट पनि ठेकेदार कम्पनी सीएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने तयारीमा छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया