शेयर बजार आज पनि घट्याे, १० अर्ब १० कराेड रुपैयाँकाे काराेबार
फागुन २२, २०८१ बिहिबार
अभिनेत्री दिशा पाटनीले बलिउड फिल्ममा सशक्त भूमिकामा अभिनय नगरे पनि उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्री हुन् ।
उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ । साथै दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको रुपमा अभिनय गरेकी थिइन् । उक्त फिल्म बक्स अफिसमा सफल भएसँगै यतिबेला दिशालाई बलिउडका कैयौं फिल्महरुमा काम गर्ने अफरहरु आइरहेका छन् ।
दिशा यतिबेला सलमान खानको फिल्म ‘भारत’ मा पनि काम गरिरहेकी छिन् । फिल्म ‘भारत’ रिलिजपछि दिशाको करियर एउटा छुट्टै उचाइमा पुग्ने चर्चा पनि भइरहेको छ ।
खबरहरुका अनुसार अभिनेता सलमान खानले दिशालाई उनको अर्को फिल्ममा पनि अभिनय गर्ने अवसर दिने बताइएको छ । साथै दिशा र उनका प्रेमी टाइगर श्राफबीचको सम्बन्ध पनि राम्रोसंँग अगाडि बढिरहेको छ । यी दुवै सँगसँगै निकै खुशी छन् ।
अर्थात दिशा पाटनी यतिबेला उनको जीवनको निकै सुखद समयमा छिन् । तर यति हुँदाहुँदै पनि दिशा पाटनीलाई एउटा चिन्ताले सताइरहेको छ । त्यो के हो भने दिशाका म्यानेजरले अहिले उनको साथ छोडिदिएका छन् ।
यतिसम्म त ठिकै थियाे, तर दिशाको समस्या तब सुरु भयो जब ती म्यानेजर दिशाकै प्रतिस्पर्धी अभिनेत्री श्रद्धा कपूरको म्यानेजरको रुपमा नियुक्त भए ।
दिशालाई यहाँसम्म ल्याउनका लागि तिनै म्यानेजरले सघाएका थिए । उनकै कारण दिशालाई राम्रा प्रोजेक्टमा काम गर्ने अवसरहरु आइरहेका थिए तर अहिले ती म्यानेजर श्रद्धा कपूरको म्यानेजर रुपमा नियुक्त भएपछि दिशालाई तनाव भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।