अमेरिकालाई चीनकाे चेतावनी– ‘कुनै पनि प्रकारको युद्धका लागि ...
फागुन २२, २०८१ बिहिबार
रुपन्देही - पाँच नम्बर प्रदेशभित्र सञ्चालनमा रहेका इँटा र क्रसर उद्योगको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएको पाइए सञ्चालनमा रोक लगाउन सक्ने अधिकार समितिलाई दिइएको छ ।
नदीजन्य पदार्थ उत्खनन् रोक्दा भएको आर्थिक क्षतिको पनि विश्लेषण गरिने भएकाे छ । प्रदेशभित्र विनादर्ता इँटा र क्रसर उद्योग सञ्चालनमा रहे पनि अनुगमन नभएको भन्दै आलोचना हुँदै आएको थियो ।
जिल्लामा रहेका नदीहरु र त्यहाँ रहेका नदीजन्य पदार्थको अवस्था पहिचान गर्दै नदीजन्य पदार्थकाे बिक्री वितरणकाे अवस्थाकाे बारेमा पनि समितिले अनुगमन गर्ने छ ।
सार्वजनिक लेखा समितिको आज सम्पन्न बैठकले अनुगमनका लागि विभिन्न जिल्ला जाने सांसदहरुकाे छुट्टाछुट्टै समूह पनि बनाएकाे छ । रुपन्देही र नवलपरासी, कपिलवस्तु र दाड, बर्दिया र बाँके जिल्ला हेर्नेगरी फरक फरक समूह बनाएर जिम्मेवारी ताेकिएकाे समितिका सभापति डिल्ली चौधरीले जानकारी दिनुभयो ।
समितिले बन कार्यालयहरुमा कुहिँएर राखिएकाे काठकाे क्षतिको समेत बिश्लेषण गर्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।