अरुण तेस्रोको पावरहाउसनजिकै बम विस्फोट

 माघ २५, २०७५ शुक्रबार ८:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम पड्काइएको छ । 

बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणकाे समयमा वैशाख २८ गते  प्रधानमन्त्री केपी शर्मा ओलीर  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमको फ्याक्सिन्दामा रहेकाे अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया