तनहुँको व्यास नगरपालिकाका ४ जना कर्मचारी निलम्बित, जग्गा खरिद...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाैकाे भृकुटीमण्डपमा शुक्रबारबाट ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ ।
शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ को उद्घाटन गर्नुभयाे। निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजक सृजल भट्टराईले जानकारी दिनुभयो ।
३ दिनसम्म चल्ने प्रदर्शनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन् ।
प्रदर्शनीमा निर्माणसम्बन्धी नयाँ–नयाँ प्रविधिबारे जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रदर्शनीमा घर बनाइरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाइलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताउनुभयो ।
पुनर्निर्माणको अभियानमा सघाउ पुर्याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रदर्शनी करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।