क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
फागुन २२, २०८१ बिहिबार
खोटाङ – कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल उद्घाटन गरिएको छ ।
कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको हो ।
खोटेहाङ गाउँपालिका–४ बड्का, दियालेमा विमानस्थल उद्घाटनका लागि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्चिव गौतमलगायतको टोली थामखर्क पुग्नु भएको थियो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र भोजपुरका केही वडाका सर्वसाधारणले उपयोग गर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम रौता कन्स्ट्रक्सनले भ्याटसहित १० करोड ६० लाख ७१ हजारमा पूरा गरेको हो ।
निर्माण कम्पनी रौता कन्ट्रक्सनले १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल असोज २० गते सम्झौता गरेको थामखर्क विमानस्थल कालोपत्रेका काम २८ महिनामा पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।