तुलसीपुर उपमहानगरपालिकाले थाल्याे भित्री चक्रपथ निर्माणको काम

 माघ २९, २०७५ मंगलबार ७:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको छ । ग्रामिण वडाहरुलाई एकीकृत गर्ने गरी चक्रपथ निर्माण सुरु गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

नगरप्रमुख पाण्डेले भन्नुभयो ‘सडकको अवस्था नाजुक रहेका वडा नम्वर ३,४ र ७ लाई जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो’ । उहाँले सडक सञ्जाल विस्तारलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै अन्य वडाहरुलाई पनि जोड्ने गरी चक्रपथ निर्माणको क्रम निरन्तर अगाडि वढाइने बताउनुभयो ।

वडा नम्बर ७ राजापुरबाट सुुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ती उद्यान, मिलनचोक हुँदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले जानकारी दिनुभयो । इन्जिनियर योगीले चक्रपथको लम्बाइ ५ किलोमिटर रहेको पनि वताउँदै ५ सय मिटर कालोपत्रे भइसकेकोसमेत जानकारी दिनुभयो । उहाँले सडकको कुल चौडाई ३० मिटेर हुने भएपनि तत्कालका लागि १२ मिटर रहने जानकारी दिनुभयो  ।

प्रदेश सरकारको ३ करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने शहरी विकास तथा भवन कार्यालय दाङ्गका प्रमुख शरद मानन्धरले बताउनुभयो । प्रमुख मानन्धरले यो आर्थिक वर्षमा ३ किलोमिटर जति बाटो कालोपत्रे गर्ने र बाँकी अर्को आर्थिक वर्षमा गर्ने गरी काम अगाडि बढाइएको पनि जानकारी दिनुभयो । ‘यसपटकको बजेटले सबैतिर कालोपत्रे गर्न पुग्दैन बाँकी अर्को वर्ष गरिनेछ ’ मानन्धरले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया