गाउँ प्रहरी भर्ना गर्दै गाउँपालिका, पुरुष मात्रै मागेको भन्दै उपाध्यक्षको विरोध

 माघ २९, २०७५ मंगलबार ११:५८:३० | उज्यालो सहकर्मी

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्नाको प्रकृया सुरु गरेको छ । दैनिक कार्य सम्पादनका क्रममा आवश्यक परेको ठाउँमा प्रयोग गर्नेगरी गाउँपालिकाले जिल्लामै पहिलोपटक गाउँ प्रहरीको भर्ना खुलाएको हो । ३ जना पुरुष गाउँ प्रहरी भर्नाका लागि गाउँपालिका भित्रका नागरिकबाट आवेदन आव्हान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । 

ऐसेलुखर्क बजारका सडक पेटीमा जथाभाबी राखिएका बिक्रीका सामग्री हटाएर बजार व्यवस्थित गर्न, विद्यालय क्षेत्रमा सवारी साधनको गति सिमित गर्न, क्षमताभन्दा बढी लोड बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई निगरानी गर्ने लगायतका प्रयोजनका लागि गाउँ प्रहरी भर्ना खुलाइएको अध्यक्ष निरौलाले बताउनुभयो । नेपाली सेना र नेपाल प्रहरीमार्फत गाउँ प्रहरी छनौट गर्ने र तालिम पनि उनीहरुमार्फत नै दिलाउने गाउँपालिकाको योजना छ । छनौटपछि सामान्य तालिम, उनीहरुको क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार बारे जानकारी दिएर ड्यूटीमा परिचालन गरिने गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । 

यसैबीच गाउँपालिका प्रहरीमा पुरुष मात्रै माग गरेको प्रति विरोध भएको छ । लिङ्गका आधारमा महिला पुरुषमा विभेद नगरी खुला आव्हान गर्नुपर्ने माग स्थानीयले राखेका छन् । 

गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले गाउँपालिका प्रहरी भर्ना गर्नेबारे बैठकमा निर्णय गरेको भए पनि पुरुषमात्रै भनेर निर्णय नभएको बताउनुभयो । सूचना प्रकाशित भएपछि गाउँका धेरै महिलाले प्रहरी भर्नामा किन विभेद गरेको भनेर आफूलाई सोधेको भन्दै उहाँले यसबारेमा गाउँपालिका बैठकमा कुरा उठाउने बताउनुभयो । सूचना प्रकाशन गर्ने बेला आफूलाई थाहै नदिई पुरुष प्रहरी मात्रै आह्वान गरिएको उपाध्यक्ष भुषालले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया