क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
फागुन २२, २०८१ बिहिबार
धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सले रुपन्देही च्यालेञ्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९३ रन बनायो । खराब सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउँदा उसको तीन विकेट गएको थियो ।
हरीशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५७ रन बनाउँदा ६ विकेट गएको थियो । जसमा पृथु बास्कोटा चार, सुवास ऐयर नौ तथा शंसद शेख १० रनमा आउट भए । लगतै अभिनाश बोहोरा पनि आउट भएपछि उसले ७७ रनमा आठ विकेट खेर फाल्यो ।
बलिङमा रुपन्देहीका पुनित महेराले तीन तथा ललित भण्डारी र बसन्त रेग्मीले दुई दुई विकेट लिए । उसकालागि कुशल भुर्तेलले १२ रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल्न सकनेन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।