क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको उपचारका क्रममा निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो ।
दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म बाँच्न नसक्ने भनेका थिए ।
काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।