क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सन् २०१९ को पहिलो महिनामा झण्डै १ लाख पर्यटक नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल आएका छन् । यीमध्ये ७७ हजार पर्यटक हवाई मार्ग भएर र १४ हजार ४ सय जना पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका छन् ।
सन् २०१८ को तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने पर्यटकको संख्या २५ प्रतिशतले धेरै रहेको पनि बोर्डले जनाएको छ ।
जनवरीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । पोहोरको तुलनामा २० प्रतिशत धेरै अर्थात १४ हजार ६ सय ५० भारतीय पर्यटक नेपाल आएका छन् । यो बर्षको जनवरीमा सार्क देशबाट आउने पर्यटक १७ हजार ४ सय रहेका छन्, यो संख्या पोहोरको तुलनामा ११ दशमलव ६ प्रतिशतले धेरै ।
यस्तै जनवरीमा १३ हजार ६ सय ८८ चिनिया पर्यटक नेपाल आएका छन्, यो गत बर्षको जनवरीको तुलनामा १४ प्रतिशतले धेरै हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सबैको प्रयासले पर्यटकको संख्या बढिरहेको र यसमा थप वृद्धि हुने बताउनुभएको छ ।
कुन देशका पर्यटक कति ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।