बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
संखुवासभा – खोप लगाएको कारणले बच्चाकाे मृत्यु भएको भन्दै संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
बुधबार आक्रोशित अभिभावक र युवाहरुको समूहले जिल्ला स्वस्थ्य कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । पाँचखपन नगरपालिका–३ घर भै हाल खाँदबारी नगरपालिका-७ मा बस्दै आउनुभएका भविश्वर र कोपिला श्रेष्ठकी तीन महिने छोरी समिक्षाकाे जिल्ला स्वस्थ्य कार्यालयमा खोप लगाएकै कारणले मृत्यु भएको स्थानीयहरुको भनाइ छ ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीमा खोप लगाएको र त्यही दिन राति शिशुको स्वास्थ्यमा समस्या देखिएको थियो ।
पछिल्लो दिन बिहानै ३ बजे समिक्षालाई अस्पतालमा इमरजेन्सी भर्ना गरेको र त्यहाँ निको नहुने भन्दै डाक्टरहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लैजान रिफर गरेका थिए । धरान लैजाने क्रममा बाटोमा बिहान १०ः३० बजे बच्चाको मृत्यु भएको परिवारले बताएका छन् ।
यसअघि पनि पटक–पटक जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा यस्ता खालका घटना भएकाे भन्दै घटनाको बारेमा सत्यतथ्य बाहिर आउनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयहरुको माग छ ।
बच्चालाई सामान्य रुघाखोकी लागेको र बिरामी भएको भन्दाभन्दै पनि खोप लगाउँदा केही नहुने भन्दै चिकित्सकले खोप लगाएको र बच्चाको मृत्यु भएको स्थानीयबासिन्दाकाे आरोप छ ।
तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ‘मेडिकल सुपरिटेण्डेन्ट’ लक्ष्मण खड्काले भने बच्चाको मृत्युको कारण खोप हो या अरु नै कारण हो भनेर अहिले नै भन्न नसकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।