श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगे श्रीमान

 फागुन १०, २०७५ शुक्रबार ९:१६:३५ | एजेन्सी
unn.prixa.net

सांकेतिक तस्बिर

भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् । 

बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो ।

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धाान गरिरहेको छ ।’

प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच सधैँजसो झगडा हुन्थ्यो । हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । बुधबार फेरि उही सिलसिलामा झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हो । 

उनीहरुको विवाह १० वर्षअघि भएको थियो । उनीहरुका तीन छोराछोरी पनि छन् । 

श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै कल्याण महुवा प्रहरी चौकी पुगेको थियो । उसको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया