छोरीको हत्या गर्ने आमा पक्राउ

 फागुन १३, २०७५ सोमबार ११:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छिन् । 

फुङलिङ नगरपालिका २ रिजाललाइनमा कोठामा बस्ने मिक्वाखोला–१ खोक्लिङ घर भएकी ३२ वर्षीय पूजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

लिम्बूले गएको फागुन १० गते आफ्नै चार वर्षीया नाबालिका छोरीको कुटपीट गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताउनुभयो । 

१० गते बिहान कुटपीटबाट घाइते भएकी नाबालिकालाई इलाम अस्पताल पुर्‍याइएको थियो । नाबालिकाको अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ । 

छोरीको हत्या गर्ने लिम्बूलाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाएको प्रमुख थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया