नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

 फागुन १३, २०७५ सोमबार ११:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटी अमेरीकी सरकारको तर्फबाट प्रतिबद्धता जनाउनुभएको हो ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्याउन चाहेको गएका दिनमा भएको सहयोगी भूमिकालाई निरन्तरण दिने प्रतिबद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले जानकारी दिनुभयो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ । विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोख्रेलले आग्रह गर्नुभएको थियो ।

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री पोख्रेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया