यस्तो छ ‘पिरतीको PUBG’

 फागुन १३, २०७५ सोमबार १५:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अनलाइन खेल (PUBG)पछिल्लो समय युवा पुस्ताबीच लोकप्रिय रहेको छ  ।

(PUBG खेल लोकप्रिय मात्रै नभएर एउटा नशा र कुलतको रुपमा पनि विकसित भएको छ । भारतका कतिपय राज्यमा त यसलाई बन्द नै गर्नुपर्ने माग गर्दैै अदालतमा मुद्दा पनि दायर भएको छ । 

तर यसैक्रममा नेपालमा भने (PUBG) का विभिन्न सामग्री समेटेर नयाँ गीत ‘पिरतीको पब्जी’ सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।

पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडियोमा सुनिल परियार र रिता योन्जनले अभिनय गरेर्का  छन् । सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडियोमा सपना लम्सालको मेकअप, पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रूवी ब्वाइजको कोरियोग्राफी समावेश रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया