चालक अनुमतिपत्र : प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

 फागुन १७, २०७५ शुक्रबार ७:११:३६ | रासस

काठमाण्डाै – यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । 

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताउनुभयो । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उहाँले भन्नुभयो, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्ने/नगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” 

यातायात व्यवस्था कार्यालय गएकाे मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उहाँले भन्नुभयो, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।” 

यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । 

यही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा सुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भर्‍याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया