भरतमोहन अधिकारीको पार्थिव शरीरमा ओली र प्रचण्डले पार्टीको झण्डा ओढाए

 फागुन १९, २०७५ आइतबार १०:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न धुम्बाराहीमा विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ ।

पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर दिउँसो १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया