मोहन बैद्य भन्छन्: पार्टी फरक भए पनि भरतमोहन असाध्यै नजिकका मित्र हुनुहुन्थ्यो

 फागुन १९, २०७५ आइतबार १४:५५:३६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरमोहन अधिकारीलाई श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता मात्र होइन अरु सबै दलका नेता कार्यकर्ता धुम्बाराही पुगे । 

श्रद्धाञ्जली दिन जानेहरुमध्ये एकजना हुनहुनुहुन्थ्यो मोहन बैद्य किरण । धेरै राजनितिक आरोह अवरोह पार गरेका देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष किरण अहिले विरामी भएर थलिनुभएको छ । उहाँ धेरै बाहिरी कार्यक्रममा देखिनुहुन्न ।

तर आइतबार भने उहाँको मनले मानेन र सुरक्षा गार्डकै हात समातेर भएपनि स्वर्गिय भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली दिन नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही पुग्नुभयो ।

निकै गलेको शरीर लिएर धुम्बाराही पुगेका मोहन बैद्य धेरै बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । तर पनि उहाँले भरतमोहनको बारेमा केही कुरा उज्यालो अनलाइनसँग भन्नुभयो । 

स्वर्गीय भरतमोहन अधिकारीको बारेमा मोहन बैद्य किरणले व्यक्त गरेको विचार –

– स्वर्गीय भरतमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनको एक बलियो खम्बा हुनुहुन्थ्यो । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनलाई हाँक्ने धेरै पुरानो नेतामध्येको एक पनि हो ।

उहाँसँग भएको राजनितिक साइनो त छँदैछ, उहाँ मेरो अत्यन्त नजिकको साथी पनि हुनुहुुन्थ्यो । पहिले हामी एउटै पार्टीमा थियौं, पछि पार्टी फरक भयो, तर पार्टी फरक भए पनि हामीबीचको मित्रता निकै राम्रो थियो ।

उहाँले कयौं पटक मलाई धेरै सल्लाह सुझाव दिनुभएको थियो । विमति भएका कुरामा उहाँ खुलेर बोल्नुहुन्थ्यो । उहाँलाई मैले चिनेदेखि नै निकै सरल आदर्शवान व्यक्तिको रुपमा लिने गरेको छु । 

उहाँको स्वभाव सरल र सहज थियो । उहाँको निधनले कम्युनिष्ट र जनवादी आन्दोलनमा ठुलो क्षति पुगेको छ । खासगरी राजनितिक अर्थशास्त्रको क्षेत्रमा उहाँको दख्खललाई पनि नेपालले गुमाएको छ । अब उहाँजस्तो सरल र बुद्धिमानी व्यक्ति पाउन धेरै गाह्रो पर्छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया