जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने

 बैशाख २२, २०८१ शनिबार १५:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर भोलि आइतवारदेखि आउँदो मंगलवारसम्म जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध सूचनामा उल्लेख छ ।

भारतको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मे ७ तारिख मंगलवार लोकसभाको चुनाव हुँदैछ । चुनावको सुरक्षालाई देखाएर भारतीय पक्षले आज मध्यरातिदेखि आउँदो मंगलवार मध्यरातिसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको यो निर्णयका कारण आइतवारदेखि मंगलवारसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया