सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - राजश्व छलीमा कडाइ गर्दा राजश्व संकलन सकारात्मक सुधार भएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधिमा राजश्व छली गर्ने विभिन्न व्यक्तिबाट विगो र जरिवाना बापत ९ अर्ब ३८ करोडभन्दा बढी माग दावी गरिएको जनाएको छ ।
जसमध्ये भन्सार छलेर भित्र्याइएको ३५ किलो सुनलाई पनि विभागले आफ्नो प्रगति विवरणमा समेटेको छ ।
चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा राजश्व चुहावटका ५२ कसुरमा अनुसन्धान सम्पन्न गरी १ सय ६७ जनामाथि विगो र जरिबाना माग दावी गर्दै मुद्धा दायर गरिएको विभागले जनाएको छ ।
विभागले राजश्व चुहावट गर्नेहरुबाट ९ अर्ब ३८ करोड ८४ लाख विगो र ३ वर्षसम्मको कैदसमेत गर्ने गरी मुद्धा दायर गरेको हो ।
यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डीको कारोबारमा संलग्न ५९ जनालाई यसै अवधिमा पक्राउ गर्न सफल भएको उसले जनाएको छ ।
उनीहरुबाट ४ अर्ब ८३ करोड ७० लाख विगो र विगोको तेब्बरसम्म जरिवाना माग गर्दै मुद्धा दायर गरिएको छ । अवैध हुण्डीमा संलग्नलाई ३ वर्षसम्मको कैदको माग पनि गरिएको विभागले जनाएको छ ।