डबली बुक क्याफे अब काठमाण्डौमा पनि

 फागुन २३, २०७५ बिहिबार १०:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनबाट सुरु भएको डबली द स्पेश बुक क्याफेले आफ्नो सेवा काठमाण्डौमा पनि विस्तार गर्नेभएको छ । 

पठन संस्कृति र समसामयिक विषयमा स्वस्थ बहसको प्रवर्द्धन गर्ने उद्देश्यले १० महिनाअघि भरतपुरमा सुरु भएको क्याफेले बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरसँगको सहकार्यमा काठमाण्डौमा शाखा खोल्न लागेको हो । 

शाखा सञ्चालनका लागि डबलीका सञ्चालक इन्द्रध्वज क्षेत्री र शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजबीच फागुन २१ गते सम्झौतामा हस्ताक्षर भएको हो । 

आउँदो एक महिनाभित्र औपचारिक सुरुवात गर्ने लक्ष्यका साथ काम भइरहेको सञ्चालक इन्द्रध्वज क्षेत्रीले बताउनुभयो। क्याफेमा पुस्तक पसल, उच्चस्तरीय नेपाली बिन्जबाट बनेको कफी र बेकरी सेवाहरु उपलब्ध हुनेछन् ।

डबलीमा समसामयिक साहित्य र सामाजिक विषयवस्तुमा नियमित छलफल पनि गरिने उहाँले बताउनुभयो।
नियमित रंगकर्म गरिरहेको शिल्पी थिएटरमा बुक क्याफे सञ्चालनले यसलाई अझ ज्ञान र अभिव्यक्तिको केन्द्र बनाउन सघाउने शिल्पी थिएटरका निर्देशक घिमिरेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया