वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यालय सर्‍यो

 फागुन २३, २०७५ बिहिबार १२:५५:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यालय सरेको छ । यसअघि बानेश्वरमा रहेको बोर्ड सचिवालयको कार्यालय बबरमहल रहेको नेपाल औषधी लिमिटेडको भवनमा सरेको हो । 

फागुन १५ गतेबाटै नयाँ कार्यालयबाट काम सुरु भएको बोर्डले जनाएको छ । सेवाग्राहीको सहज पहुँचका लागि कार्यालय सारिएको बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया