जीप र बस ठोक्कियो, ६ जना घाइते

 फागुन २४, २०७५ शुक्रबार ८:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप बिहीबार सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् । सिन्धुलीको फिक्कल गाउँपालिका वडा न–५ मा काठमाण्डौबाट ओखलढुङगातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बससगँ एक आपसमा ठोक्किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते हुनेमा सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा न–१ बस्ने वर्ष ८० की देउ कुमारी खत्री, त्यही ठाउँकी ३८ बर्षीया कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै २२ वर्षीया धनकुमारी सार्की, ४५ वर्षीया जाङ्म्मु शेर्पा, उनको छोरा ३ वर्षीय साङ्गे शेर्पा र सुमोका चालक सिन्धुपाल्चोक लिसङखु गाउँपालिका–५ का २४ वर्षीय राजेन्द्र बानियाँ घाइते भएको प्रहरीले जनाइएको छ ।

घाइतेहरुको अवस्था समान्य रहेको र उनीहरुको उदयपुर घुर्मीमा रहेको आस्था लाइफ केयर सेन्टरमा उपचार भैरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बसका चालक फरार रहेको र बस प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया