तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल चिकित्सक सङ्घले आज काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले देशका दूरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले संविधानले हरेक नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको र सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान गर्नुभयो । स्वास्थ्य सेवामा सुधार हुँदै गइरहेको तर गुनासो पनि आइरहनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले 'लिजेन्ड इन मेडिसिन' बाट डा. गौरीशङ्करलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्येयलाई सम्मान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।