इन्डाेनेसियाले यस वर्ष ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने

 फागुन २०, २०८१ मंगलबार १५:१६:६ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाले यस वर्ष झन्डै ४० अर्ब अमेरिकी डलरको ऊर्जा परियोजनाको योजना बनाएको छ ।

इन्डोनेसियाले सन् २०२५ मा ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने योजना बनाएको ऊर्जामन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जामन्त्रीले बताएका छन् ।

कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्रमध्ये एक हो । राष्ट्रपति प्रबोवो सुब्यान्टोले गएको वर्ष कोइला ऊर्जा उत्पादनलाई चरणबद्ध गर्न र शताब्दीको मध्यसम्ममा शून्य उत्सर्जनमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

ऊर्जामन्त्री बहलील लहदालियाले यी परियोजनाहरू इन्डोनेसियाको अर्थतन्त्र बढाउन र तेलदेखि घरेलु क्षमतामा सुधार गरेर रोजगारी सिर्जना गर्ने ठूलो प्रयासको हिस्सा भएको बताउनुभएको छ । झन्डै पाँच लाख ब्यारेल क्षमताको तेल प्रशोधन केन्द्र र तेल भण्डारण सुविधा पनि निर्माण गरिने उहाँले बताउनुभयो ।

यसैबीच सरकारले दानन्ताराको प्रारम्भिक बजेट २० अर्ब डलर हुने बताएको थियो  । दानन्तारा इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष हो, यो कोष सन् २०२५ मा राज्यको स्वामित्वमा रहेको सम्पत्ति व्यवस्थापन गर्न शुरू गरिएको थियो ।

राष्ट्रपति प्राबोवोले दानान्तारा र अन्य परियोजनाहरूको कोषमा कटौती गरेपछि गएको महिना इन्डोनेसियाका धेरै शहरहरूमा विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया