वनभित्र पनि खेती गर्ने योजना बनाइने छ: कृषिमन्त्री खनाल

 फागुन २६, २०७५ आइतबार १७:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैमा अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ । काठमाण्डाैमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गरिएको हो ।

‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ नाम दिइएको यस सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले मानव स्वास्थ्यका लागि स्वस्थकर खाद्यबस्तु उत्पादन गर्न पनि कृषकहरुलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वनभित्र पनि खेती गर्ने योजना तय गरेको बताउनु भयो । त्यसका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पुर्‍याएको पनि मन्त्री खनालले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३ सय ५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनबाट नेपालको कृषि क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक योजना, नीति र कार्यक्रम तय गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raj

    March 10, 2019, 6:06 p.m.

    अब भएको अलि अलि रुख पनि काटेर बेच्ने प्लान गरे जस्तो छ / देश भरि बाँझो खेत त्यत्तिकै छ, त्यसैमा खेति गरे भैहाल्यो नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया