जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
इथियोपियामा भएकाे १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा विमानमा रहेका काेही पनि जीवित नरहेकाे इथियोपियन एअरलाइन्सले पुष्टि गरेकाे छ ।
विमानमा विभिन्न ३३ देशका नागरिक रहेकाे पनि एअरलाइन्सले खुलाएकाे छ । दुर्घटना के कति कारणले भएकाे हाे भन्ने खुलेको छैन ।
बीबीसीले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान जमीनमा बजारिएपछि एक्कासी भयानक आगलागी भएकाे जनाएकाे छ ।
‘त्याे विष्फाेट र आगलागी यति भयानक थियाे कि हामी नजिक जान सकेनाैं, उनले भने, सबै कुरा जलेर खरानी भयाे । अहिले त्यहाँ ४ ओटा हेलिकप्टर मात्र देखिएका छन् ।’
राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको थियाे जसमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका बताइएकाे थियाे ।
ईटी-३०२ नामकाे विमान राजधानी आदिस अबाबाबाट ६२ किलाेमिटर दक्षिण पूर्वमा रहेकाे बिस्फाेटु भन्ने ठाउँमा विष्फाेट भएकाे एअरलाइन्सले बताएकाे छ । आदिस अबाबाकाे बाेले एअरपाेर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेकाे विमानकाे ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएकाे थियाे ।