सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको छ ।
प्रतियोगितबाट दुवै टिम बाहिरिसकेकाले आजको खेल औपचारिकता मात्र थियो । तर दुवै टिम सुखद्अन्त्य गर्ने तयारीमा रहे पनि सन्दीपको टिमले त्यो अवसर पाएन । पहिला ब्याटिङ गर्दै लाहोरले ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।
लाहोरका लागि फकार जमामले ५३ रन बनाउँदा डेभिड वाइजले ३० रनको योगदान दिए । एस्ले गुणारत्नेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मुल्तानका लागि मोहमद अब्बासले ३ तथा शाहिद अफ्रिदीले २ विकेट हात पारे ।
१४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाएर विजयी भयो । मुल्तानलाई जित दिलाउन सान महसुदले सर्वाधिक ४८ रन बनाए । जोनशन चार्लिज ४१ तथा शाहिद अफ्रिदी २ रनमा नट आउट रहे ।
सन्दीपले अन्तिम खेलमा पनि पुरै स्पेल बलिङ गर्न पाएनन् । आज उनले २ ओभर बलिङ गर्दै २७ रन खर्चिए पनि विकेटविहीन बने । पहिलो ओभरमा ९ रन खर्चिएका उनले दोस्रो ओभरमा १८ रन दिए ।
सुरुवाति तीन खेल गुमाएका सन्दीप जारी लिगमा सातौं खेल खेलेका सन्दीपले समग्रमा ११ विकेट हात पारे ।
प्रतियाेगितामा १० खेलमध्ये तीन खेलमा जित हात पारेकाे लाहाेर कलन्दर्स अंकतालिकाकाे पुछारमा रह्याे ।