पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियर फेरि आन्दोलित

 फागुन २८, २०७५ मंगलबार ७:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पुनर्निर्माणमा खटिएका प्राविधिक इञ्जिनियरले फेरि आन्दोलन थालेका छन् । सरकारले पुनर्निर्माणमा खटिएका प्राविधिकले पाउँदै आइरहेको भत्ता तथा सेवा सुविधाबारे निर्णय गर्न ढिलो गरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

काठमाण्डौमा भएको प्राविधिक इञ्जिनियरको राष्ट्रिय भेलाले पाँच बुँदे मागसहित आन्दोलनका कार्यक्रम तय गरेको हो । उनीहरुले भौगोलिक तथा प्रोत्साहन भत्ता र तलब मासिक रुपमा दिनुपर्ने, गएको साउनदेखिको भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य तथा सुरक्षा बीमा हुनुपर्ने, स्थानीय तहमा छुट्टै पुनर्निर्माण शाखा राख्नुपर्ने माग गरेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले माग पूरा गर्न प्राधिकरणलाई एकहप्ते अल्टिमेटमसमेत दिएको छ । विभिन्न जिल्लाबाट दबाब दिँदा पनि प्राधिकरणले आफ्ना माग नसुनेको प्राविधिक इञ्जिनियर समितिका अध्यक्ष अविनाश मगरले बताउनुभयो ।

साथै समितिले ललितपुर र काठमाण्डौका जिल्ला आयोजना कार्यान्वयन इकाईमा पनि ज्ञापनपत्र बुझाएको छ । घर पुनर्निर्माण गर्ने मुख्य समयमा प्राविधिकले आन्दोलन गरेपछि घर बनाउन थालेका भूकम्प प्रभावितलाई थप समस्या हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक इञ्जिनियरका माग संबोधन गर्ने प्रक्रियामै रहेकाले आन्दोलन नगरी काममा फर्कन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया