च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
माेरङ - साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो हाफकाे १६ मिनेटमै नेपालले २ गोल गरेको थियो ।
खेलको पहिलो मिनेटमा गोलको अवसर पाएको नेपालका लागि सावित्रा भण्डारी चुक्न पुगिन् । त्यसपछि १३ औंँ मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन् । त्यसको तीन मिनेटपछि नेपालले अग्रता दोब्बर बनाउन सफल भएको थियो । यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । उनले एकल प्रयासमा गोल गरेकी थिइन् । सावित्राको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो ।
त्यसपछि ३४ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले तेस्रो गोल गर्ने उत्कृष्ट मौका खेर फाल्यो ।
पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल मात्र थपेको थियो । नेपालले ५४ औं मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन् ।
त्यसपछि पनि लगातार नेपालले मुभ बनाए पनि गोल थप्न भने सकेन । भुटानले केही अवसर पाए पनि नेपाली खेलाडीले सहजै बल क्लियर गरेका थिए ।
मंगलबारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । बुधबारकाे खेलमा मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।