च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन ।
उनले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढाउनुका साथै आफूलाई धेरै सिक्ने मौका दिएको बताए । यसका साथै उनले पाकिस्तान सुपर लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताए ।
नेपाल र यूएईबीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिजपछि अस्ट्रेलियाली लिग बिग ब्याशमा पुनः आवद्ध भए । उनको प्रदर्शनका कारण बिग ब्याशमा मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पुग्दा उनी विकेटविहीन बने पनि फाइनलमा पनि चल्न भने सकेनन् ।
फलस्वरुप मेलवर्न स्टार्स उपविजेता बन्दै प्रतियोगिता टुंग्यायो । बिग ब्याशमा समग्रमा उनले ११ विकेट लिए । बिग ब्याशपछि पाकिस्तान सुपर लिग पीएसएल खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर कलन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग ब्याशकै कारण सुरुका तीन खेल गुमाएका थिए ।
समग्रमा ७ खेलमा सहभागिता जनाएका सन्दीपले ११ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा लगातार दुई खेलमा भने उनी विकेटविहीन बनेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।