ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौमा गएको शनिबार अमेरिकी र नेपाली कानुनका विद्यार्थीहरुको बीचमा मुटकोर्ट प्रतियोगिता भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपालको लागि अमेरिकी राजदूत र्याण्डी बेरीले यस्तो प्रतिस्पर्धाको आयोजनाले विद्यार्थीहरुलाई क्षमतावान बनाउनुका साथै दुई देशको सम्बन्धमा पनि मधुरता ल्याउने बताउनुभएको थियो ।
यस्तै उद्घाटन समारोहमा नेपालको सर्वोच्च अदालका न्यायाधीश अनिल सिन्हा र सपना मल्ल र राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तोपबहादुर मगरले पनि आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो ।
नेपालस्थित अमेरिकी दूतावासको न्याय विभागद्वारा आयोजना गरेकोे यस प्रतियोगितामा दुई देशका तीस जना कानुनका विद्यार्थीहरुले भाग लिएका थिए । कानुनका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय मुद्दामाथि बहस गराएर उनीहरुको क्षमता वृद्धि गर्नको लागि यो कार्यक्रम आयोजना गरिँदै आएको छ ।
कार्यक्रममा नेपालका विभिन्न पाँच ल क्याम्पसका २५ विद्यार्थी र अमेरिकाका पाँच जनासहित जम्मा ३० विद्यार्थीहरुले कार्यक्रममा भाग लिएका थिए ।
मार्च ७ मा उद्घाटन भएर मार्च ९ मा सम्पन्न भएको मूट कोर्ट प्रतिस्पर्धामा प्रथम स्थान नेपालको काठमाण्डौ ल क्याम्पसको टिम ‘मार्सल’ले हासिल गरेको थियो ।
अमेरिकाको हाेवार्ड विश्वविद्यालयको टिम ‘राना’लाई पराजित गर्दै काठमाण्डौ ल क्याम्पस विजेता बनेको हो । टिम राना फर्स्ट रनरअप बनेको थियो ।
अघिल्लो वर्ष पनि मूट कोर्ट प्रतियाेगिताकाे उपाधि पनि नेपालको नेपाल ल क्याम्पसले जितेको थियो । नेपालले लगातार दुई पटक यो उपाधि जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।