विप्लवको गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी

 फागुन २९, २०७५ बुधबार ७:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ । 

सरकारको निर्णय आएपछि त्यसैअनुसार अघि बढ्ने प्रहरीको भनाई छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी गर्ने बताउनुभयो ।

हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने बताउनुभयो । सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । वार्तामा आउन पटकपटक आग्रह गर्दा पनि वास्ता नगरी हिंसात्मक गतिबिधि बढाएकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्ने निष्कर्षमा पुगेको सरकारको भनाई छ ।

विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय विष्फोट, आगजनी र चन्दा असुली तीव्र बनाएपछि सरकारले यो समूहलाई आपराधिक समूहको रुपमा लिएको हो । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया