ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
दाङ – तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिबीच विवाद देखिएको छ । कांग्रेसबाट निर्वाचित नगरका वडा अध्यक्षहरूले कार्यपालिका बैठकसमेत बहिस्कार गरेका छन् ।
नगरका १९ वडाध्यक्षमध्ये १० जनाले कार्यपालिका बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले आफूहरूलाई बेवास्ता गरी आफू अनुकूलका निर्णय गरेपछि कार्यपालिका बैठक बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।
तुलसीपुरमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले यस्तो जानकारी गराएका हुन् । ५३ वटा कार्यपालिका बैठक बस्दासम्म नगरको हितमा हुने निर्णयमा सहयोग गर्दे आएको तर विषयगत सभापतिहरूसँग समन्वय नै नगरी विभिन्न कार्यविधिहरू पेश हुन थालेपछि विरोधमा उत्रिएको तुलसीपुर २ का अध्यक्ष राजु आचार्यले बताउनुभयो ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष बेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७ का अध्यक्ष थलराज पुरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएको हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।