ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत पछि बैठक प्रारम्भ भएको सभामुखले भन्न नपाउँदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।
त्यसपछि सभामुखले बोल्न समय दिनुभएपछि राजपा सांसद राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरोध गरिरहने बताउनुभयो ।
मधेस आन्दोलन र थरुहट आन्दोलनका बेला राज्यपक्ष र आन्दोलनकारी पक्षबाट भएको मानवअधिकार हनन्का विषयमा सत्यतथ्य छानबिन गर्न गिरिश न्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।
आयोगले २०७४ माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले आयोगको प्रतिवेदन अझैसम्म पनि सार्वजनिक गरेको छैन ।
बैठकमा बोल्दै सांसद यादवले प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठकको काम अघि बढ्न नदिने भन्दै अवरोध गरिरहने बताएसँगै फेरि राजपाका सबै सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।
सभामुख कृष्णबहादुर महराले पटक-पटक बस्न र बैठकको कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।