ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
अमेरिकी पप गायक तथा बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस यतिबेला सफलताको शिखरमा छन् ।
निक जोनसले हालै उनका दाजु र भाइहरुसँग मिलेर एउटा म्यूजिक भिडियो एल्बम ‘सकर’ रिलिज गरेका थिए । उक्त म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको केमिस्ट्री देखाइएको छ । यो गीत अहिले बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।
आफ्नो गीत नम्बर १ मा पर्न सफल भएपछि निक जोनस निकै नै खुशी छन् भने अभिनेत्री प्रियंकाले आफ्नो खुशीे ट्वीटरमार्फत व्यक्त गरेकी छिन् ।
प्रियंकाले ट्वीटमा लेखेकी छिन्, ‘जोनस ब्रदर्सको म्यूजिक भिडियो एल्बम ‘सकर’ बिलबोर्डको हट १०० गीतहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । योभन्दा बढी गर्वको कुरा अरु हुन सक्दैन ।’
The Jonas Brothers debut at No. 1 on Billboard Hot 100!! OMGeeeeeee!! I Could not be more proud of you guys (screaming inside)♥️ @nickjonas @kevinjonas @joejonas
— PRIYANKA (@priyankachopra) March 11, 2019
https://t.co/MqjT5Kkv7G
निक जोनसले पनि एल्बमको सफलताको खुशीमा प्रियंका चोपडालाई निकै नै महंगो कार उपहार स्वरुप दिएका छन् । निकले प्रियंका चोपडालाई लगभग १७ करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज कार दिएका हुन् । प्रियंका चोपडाले उक्त कारसँगै पति निक जोनसका साथ तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्, ‘जब पति नम्बर १ बन्न सफल हुन्छन्, तब पत्नीलाई उपहारको रुपमा कार प्राप्त हुन्छ ।’
When the hubby goes number one.. the wifey gets a #Maybach !! Introducing.. Extra Chopra Jonas.. haha .. I love you baby!! Yaaay! Best husband ever.. @nickjonas 😍❤️💋 pic.twitter.com/LZkYi00GKr
— PRIYANKA (@priyankachopra) March 13, 2019
यसरी जोनस ब्रदर्सको म्यूजिक भिडियोले रेकर्ड बनाएको यो दोस्रो पटक हो । यस अघि सन् २००८ मा पनि उनीहरुका एल्बम ‘बर्निङ्ग’ बिलबोर्डको सूचीमा पाँचौं नम्बरमा पर्न सफल भएको थियो । त्यसको करिब ११ वर्षपछि दोस्रो एल्बम ‘सकर’ लिएर आएका हुन् ।
‘सकर’ मा अभिनेत्री प्रियंका चोपडाका साथै निक जोनसका दाजु जो जोनसकी प्रेमिका सोफी टर्नर र केभिन जोनसकी प्रेमिका पनि रहेका छन् ।
जोनस ब्रदर्सका साथै उनीहरुको परिवार पनि एकसाथ आएकाले सो एल्बम नम्बर १ मा पर्न सफल हुनुको मुख्य कारण रहेको समेत बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।