कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
माेरङ - विराटनगरमा मंगलबारदेखि सुरू साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार समूह बी मा रहेको साविक विजेता भारतले माल्दिभ्सविरुद्ध ५ गाेलकाे अग्रता लिएकाे छ ।
साविक विजेता भारतविरुद्ध पहिलो हाफमा माल्दिभ्स निकै प्रभावहीन देखिएको छ । शहीद रंगशालामा दिउँसो ३ बजेदेखि सुरू भएको खेलमा भारतले पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ । खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइ अग्रता बनाएको थियो ।
त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् ।२३औं मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा रतनबालादेवीले फ्रीकिकमार्फत सानदार गोल गरी भारतका लागि पाँचौं गोल गरिन् ।
यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबामा राखेको छ । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको सानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको छ ।
महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भनेको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ ।
यी दुई टिम साफमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि २०१४ को संस्करणको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले आठ शून्यको जित निकालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।