ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहदाको प्रमाणपत्र बुझाउनुभएको छ ।
बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाउनुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको माघ २० गते भारतका लागि नेपाली आवासीय राजदूतमा आचार्यलाई नियुक्त गर्नुभएको थियो ।
राजदूतमा नियुक्त आचार्य गएको फागुन १६ गते कार्यभार सम्भाल्न दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । राजदूत बनेर दिल्ली पुग्नुभएका आचार्यले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलगायतका भारतीय राजनीतिज्ञहरुसँग भेट गरिसक्नुभएको छ ।
आचार्यले आज ओहदाको प्रमाणपत्र बुझाउँदै दुई देशबीचको आन्तरिक सम्बन्ध सुदृढ पार्न रचनात्मक कार्य गर्ने बताउनुभयो । आचार्यलाई संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेको आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन थियो ।
वि.सं.२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गर्नुभएको छ । विद्यार्थी छँदा नै वि.सं. २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो ।
आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्रीसमेत बन्नु भएको थियो । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बन्नुभयो ।
पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो । आचार्य पछिल्लो समय राजनीतिमा निस्कृय हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।