कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
माेरङ - माल्दिभ्सलाई ६–० गोलअन्तरले हराउँदै साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले शानदार सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह 'बी' को खेलमा भारतले माल्दिभ्सjlरुद्ध सहज जित निकाल्यो ।भारतविरुद्ध माल्दिभ्स प्रभावहीन बन्दा पहिलो हाफमै ५–० ले पछि परेको थियो ।
खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइले अग्रता बनाएकी थिइन् । त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् ।
२३औंँ मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा रतनबाला देवीले फ्रिकिकमार्फत भारतका लागि पाँचौं गोल गरिन् ।
दोस्रो हाफमा भने भारतलाई गोल गर्न अन्तिम मिनेटसम्म कुर्नुपर्यो । अन्तिम मिनेटमा सञ्जुले झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारतले ६–० को अग्रता बनायो । सञ्जुले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।
यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबमा राखेको थियो । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको शानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको थियो ।
महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भएको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ । भारत भने सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको विजेता हो ।
यसअघि मंगलबार भएको उदघाटन खेलमा समूह ए बाट नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार समूह 'ए' मा रहेका बंगलादेश र भुटानबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।