ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले एक टेलिभिजन कार्यक्रममा प्रयोग गरेको उखान विवादित बनेपछि संसद बैठकबाटै माफी माग्नुभएको छ ।
एक टेलिभिजन कार्यक्रममा संसद वलीले प्रयोग गरेको उखानले आफूहरुको मानहानी गरेको भन्दै दलित समुदायले विरोध गरेपछि ओलीले संसद बैठकबाटै माफी माग्नु भएको हो ।
बुधबार राष्ट्रियसभा बैठकमा ओलीले कार्यक्रमका अवसरका प्रयोग भएको उखान कुनै वर्ग समुदायको मर्यादामा आँच पुर्याउने गरी प्रयोग नगरेको स्पष्ट पार्नुभयो ।
‘सबै जात जाति, समुदायप्रति उच्च सम्मान रहेको भन्दै उहाँले आफूले प्रयोग गरेको उखानले कुनै समूदायले चोट पुगेको भए त्यसप्रति क्षम याचना गर्छु’, उहाँले भन्नुभएको छ ।
यस्तो छ कोमल वलीको विज्ञप्ति
म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरुले बुझ्नु भएकै छ ।
मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईँहरुको पनि साथ हुनेछ ।
हाम्रो समाज विकसित भए हामी सबै खुशी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ । यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ । यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो । म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ । हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनु पर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन् ।
यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हूँ । त्यस कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा परम्परागत लोक उखान प्रयोग गरेकी थिएँ ।
सामान्यतः उखानलाई यसले प्रवाह गर्ने अभिप्राय वा व्यङ्ग्यार्थ वा लक्ष्यका दृष्टिले मात्र महत्व दिनुपर्छ । नेपाली लोक जीवनमा यस्ता धेरै परम्परागत उखानहरू छन् जसले व्यञ्जनात्मक रूपमा अर्थ दिन्छन् । कुनै कुनै उखानहरूका शब्द तहमा देखिने अभिधार्थले कुनै जाति वा वर्गलाई होच्याउने वा उच्याउने किसिमका भूमिका खेलेको देखिन्छ । त्यसैले बदलिँदो समयमा त्यस्ता उखानहरू प्रयोग गर्दा हामीले विशेष सावधानी अपनाउनु जरुरी छ ।
नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो ।
विडम्बना । त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर ममाथि सामाजिक सञ्जालमा प्रहार भइरहेको रहेछ । जसले मैले भनेका शब्दहरुबाट आफ्नो मन दुखेको बताउनु भएको छ, उहाँहरुबाटै ममाथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सन्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नु पर्ने हुन्छ ।
यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधाका कारण कसैलाई चोट पुगेको भए त्यस प्रति म क्षमा याचना गर्छु ।
अन्त्यमा त्यो उखान प्रयोगको लक्ष्य कुनै समुदायको मर्यादाका आँच पुर्याउनु नभएको र मेरो सबै जाति तथा समुदायप्रति समान उच्चसम्मान रहेको व्यहोरासमेत विनयतापूर्वक अनुरोध गर्दछु ।
धन्यवाद,
कोमल वली
सदस्य, राष्ट्रिय सभा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।