ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।
विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मिगौलाको समस्या देखिएको छ । त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गाैलाको समस्या रहेको मिर्गौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।
नेपालका विभिन्न अस्पतालमा अहिले पनि ४५ सय भन्दा धेरै ब्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको पनि डाक्टर काफ्लेले बताउनुभयो । मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ । तर मृगौलामा खराबी आउँदा यी काम बन्द हुने उहाँले बताउनुभयो ।
यस्तै, तीन लाख मानिसलाई मिर्गौला बिग्रेको थाहा नै नहुने मिर्गौला रोग विषेशज्ञले बताएका छन् । आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उनीहरुको भनाइ छ । खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटक–पटक पिसाब आएमा मिर्गौलाको लक्षण हुन सक्ने भएकाले सावधान रहन पनि डाक्टरले सचेत गराएका छन् ।
मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने पनि उनीहरुको भनाई छ । समय समयमा जाँच गराएर मिर्गोलासम्बन्धी समस्याबाट जोगिन सकिने मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा आज काठमाण्डौलगायतका देशका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछ । भक्तपुरको सूर्यविनायकमा बिहीबार विश्व मिर्गौला दिवस तथा दशौँ नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।