लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ ।
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सधैँ तयार रहेको स्पष्ट गर्नुभयो ।
विप्लव नेतृत्वकाे नेकपाले राजनीतिक भन्दा पनि आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्री बाँस्काेटाले जानकारी दिनुभयाे । सिंहदरबारमा रहेकाे सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ' वार्ताका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।'
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन समूहसँग गरिएको सहमतिको प्रसंग निकाल्दै सञ्चार मन्त्री बाँस्कोटाले विप्लवलाई पनि त्यस्तै स्वागत गर्न सरकार आतुर रहेको बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपालाई पटक–पटक वार्ताका लागि पहल गर्दा पनि बेवास्ता गरेको बताउँदै मन्त्री बाँस्कोटाले अझै पनि वार्तामा आए रातो कार्पेट नै ओछ्याएर नै स्वागत गर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाटै होस् भन्ने सरकारले चाहेको पनि बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ चुनावबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाउनुभयो । उहाँले भन्नुभयो, 'सीके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्यो । भोलि विप्लव समूह पनि आएमा सरकारले त्यसरी नै स्वागत गर्छ ।'