ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
भक्तपुर – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियन राजदूत पार्क योङले मरणोपरान्त अंग दान गर्ने हुनु भएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँ सुकै जो सुकैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगितामा उहाँहरुले अंगदान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । मरणोपरान्त काम लाग्ने सबै अंग दान गरेको कार्ड वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मन्त्रीद्वयलाई प्रदान गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अंग प्रत्यारोपण केन्द्रको पहुँच पुर्याउने तयारी गरेको बताउँदै मिर्गौला रोगीका लागि डायलाइसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने बताउनुभयो ।
वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै आएको चर्चा गर्दै उहाँले नसर्ने रोग र अंग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मिर्गाैला प्रत्यारोपीहरु अरु स्वस्थ व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताउनुभयो । उहाँले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीको अंगहरु दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपालका लागि कोरियन राजदूत पार्क योङ, अष्ट्रेलियन राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा.राकेश कुमार वर्मालगायतले मानव अंग दान गर्नेबारेमा आमनागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिँदै बाचुञ्जेल रक्तदान र मरेपछि अंगदान गर्नेबारे जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।
विश्व मिर्गौला दिवसको अवसरमा साताव्यापी रुपमा आयोजना गरिएको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेको बिरामी तथा केन्द्रका डाक्टर मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।