भारत र पाकिस्तानका प्रतिनिधिमण्डलबीच बैठक सुरू

 फागुन ३०, २०७५ बिहीबार १९:२७:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

नयाँ दिल्ली -  भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।

करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ । 

स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो । 

दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए । 

'करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यहीअनुसार छलफल हुनेछ', विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भन्नुभयो । 

शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् । 

पुलवामामा भएकाे आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका प्रतिनिधिबीच पहिलाे पटक वार्ता हुँदैछ । करतारपुर करिडाेरकै विषयमा कुराकानी भए पनि यसले दुई छिमेकी देशबीचकाे सम्बन्धमा केही मात्रामा भए पनि सुधार हुने अपेक्षा गरिएकाे छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया