दोलखामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते

 चैत १, २०७५ शुक्रबार ९:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – दोलखामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकी चरिकोटमा उपचार भइरहेको छ ।  
 

अन्तिम अपडेट: जेठ ३१, २०७६

तपाईको प्रतिक्रिया